काठमाडौं- नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको मौद्रिक नीति अर्धवार्षिक समीक्षापछि सेयर बजारमा भारी गिरावट आएको छ । मंगलबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन बजार ३०=५६ अंकले घटेर २०७० को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३्०५ कम्पनीको १ करोड २१ लाख ६५ हजार २०२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १३ वटै उपसूचकमा राताम्मै भएको छ ।

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ३२ करोड ३० लाख ९४ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोनापुर मिनरल्सको ११ करोड ८२ लाख २ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन सानिमा मिडल तमोर हाइड्रोपावरको १० करोड ४ लाख २६ हजार रुपैयाँ, सगरमाथा जलविद्युत कम्पनीको ९ करोड २५ लाख ४१ हजार रुपैयाँ र जोशी हाइड्रोपावरको ८ करोड ५४ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर सर्किट लागेका कम्पनीहरु
सेयर बजारमा गिरावट आउँदा बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र सुपरमाई हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, जोशी हाइड्रोपावरको ८.३३ प्रतिशत, दोल्ती पावर कम्पनीको ७.५० प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया