क्यान इन्फोटेकमा ग्राहकको सङ्ख्या घट्दो , कहिलेसम्म पाउँछ निरन्तरता ?

शोभा धिताल

२ महिना अगाडि

काठमाडौँ - कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) ले आयोजना गरेको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपमा माघ २५ देखि २९ गतेसम्म भएको यो प्रदर्शनी क्यान इन्फोटेकको २९ औं संस्करण हो ।प्रदर्शनीको अन्तिम दिन आजको अर्थले मेलामा समावेश भएर क्यान महासङ्घका कोषाध्यक्षसंग केही जानकारी लिएको थियो । हेर्नुहोस् महासङ्घका कोषाध्यक्षलाई सोधिएका प्रश्न र उनले दिएको जवाफः 

क्यान इन्फोटेक २०२४ को मुख्य उद्देश्य के हो ?

क्यान महासङ्घका कोषाध्यक्षका अनुसार क्यान इन्फोटेक २०२४को मुख्य उद्देश्य विश्वमा भएका आइटी प्रोडक्टको इनोभेसन र डेभ्लभमेन्टलाई प्रदर्शन गराउने हो । उनले भने , पहिला कुनै चिज बन्ने बित्तिकै सबैको पहुँचमा हुँदैन थियो र क्यान इन्फोटेक जस्तो ठाउँमा आएपछि मात्र हेर्न पाइने गरिन्थ्यो । तर अहिलेको बद्लिँदो परिस्थितिमा के छ  भने इन्टरनेट सबैको हात हातमा भएको कारण कुनै पनि प्रोडक्टहरु विश्वमा काँहीपनि प्रोडक्सन हुने बित्तिकै सबैले देखिसक्छन् । सोभएतापनि  अपग्रेड भएको टेक्नोलोजीलाई निरन्तरता दिनु नै हाम्रो उद्देश्य हो । र अर्को कुरा के हो भने, हामीले अन्तिम इन्फोटेक देखि के फोकस गरिरहेका छौँ भने नेपालमा बन्ने खालको प्रोडक्टहरु मध्य बाहिर कस्ता खालका प्रोडक्टहरु निर्यात हुन्छन् त रु सफ्टवेयरलाई बढी फोकस गर्ने, एआईमा बेस यहाँ केके  डेभ्लभमेन्ट भएका छन् रु अनि स्टार्टअपहरुले केके गरेका छन् रु त्यस्ता चीजहरूलाई पहिलो प्राथमिकता दिएर अगाडि देखाउन खोज्ने हाम्रो मुख्य उद्देश्य हो ।

अरु व्यक्तिले आविष्कार गरेको नयाँ प्रोडक्ट क्यानमा प्रदर्शन गर्नका लागी क्यानले कस्तो व्यवस्था गर्छ ?

यदि तपाई सुरुवात गर्दै हुनुहुन्छ जस्तै कलेजमा कुनै प्रोजेक्ट गर्नु भयो ।त्यसले चैँ भोलि कुनै माईलेज पाउँछ कि लाग्ने खालको त्यस्तो केही छ भने, हामीले चैँ छुटै स्टार्टअप पेभिलेन्ट भनेर राख्छौँ  जुन चैँ फ्री अफ कस्ट राखिन्छ । त्यसको लागी तपाई लाई चाहिने इन्भेष्टर खोज्दिने देखी लिएर उद्योगसँग भेटाई दिनेसम्मको काम क्यानले गराइदिन्छ ।

क्यानमा स्टल कुन आधारले राखिन्छन् ?
यहाँ स्टल राख्नलाई विभिन्न विधाहरू छुटाइएको हुन्छ, जस्तै टाइटल स्पोनसर, एसोसिएसन, गोल्ड, प्लेटिनम, सिलभर हुन्छन् । त्यसको हामीले प्राइस भ्यालु तोकेर उनीहरूलाई हामीले माईलेज दिएका हुन्छौँ  , जस्तै ब्रान्डिङ गर्दिने, मिडियामा कभरेज गरिदिने , मिडियामा इन्टरभ्यु गराइदिने गर्छौ ।त्यो बाहेक स्टल मात्र राख्नेहरूका लागी चैँ आकार अनुसारको मूल्य तोकेका छौँ । सोही मूल्य अनुसार स्टलहरू राखिन्छन् । 

 क्यान इन्फोटेक के हो  ?

अन्तिम सालको भन्दा  नेपालमा डेभ्लभ भएका विभिन्न क्षेत्रमा उपयोग भइरहेका फरक सफ्टवेयरहरु,आफूले नयाँ बनाएका प्रोडक्टहरुलाई ग्राहकसम्म पुर्याउने प्लाटर्फम चैँ यो इन्फोटेक हो । हामी आफैँले त केही गर्ने हैन , हामीले त प्लाटफर्म मात्र दिने हो,  हामीले मार्केटिङ गरेर धेरै समूदायसम्म पुर्याउन बाटो देखाउँछौँ । 

भिजिटरहरुको सङ्ख्या हरेक साल घट्दै छ रु यही रफ्तारले घट्ने हो  भने इन्फोटेकले निरन्तरता पाइरहला त ?

विश्वव्यापी रूपमै भिजिटरको सङ्ख्या घट्दो छ । कत्रो कत्रो इन्फोटेक हुने ठाँउहरुले जस्तै चाइना, अमेरिका, ताइवान, आदीले सानो बनाउँदै लगेको छ , कतिले अनलाइनमा गर्दै छन् , कति ठाउँमा बन्द भैसकेका छन् । हातैमा सबै कुरा हेर्न पाउने भएपछि त्यो क्यानमा गएर के हेर्ने भन्ने हिसाबका कुराहरू अहिलेका स्मार्ट जेनेरेसनमा आउँछन् , जसले गर्दा फ्लो त कम हुन्छ तरपनि पोटेन्सिएल ग्राहकहरू आउँछन् जस्तै जसलाई चैँ आवश्यक छ । ग्राहकको सङ्ख्या घटे पनि यो इन्फोटेकलाई निरन्तरता दिइन्छ । यो त हाम्रो ब्रान्ड नै हो । नेपालमा सबै भन्दा बढी भिजिटर लिएर आउने र यस्तो खालको इन्फोटेक सुरुवात गर्ने नै क्यान हो । एउटा लिमिटसम्मको ग्राहक हुनुहुन्छ एकदमै घटेर शून्य हुदैँन् अब यसमा पनि हामीले पनि सुधार गर्नु पर्छ । हामीले के सुधार गर्दा चैँ ग्राहकहरू आकर्षित हुनुहुन्छ त्यो खोजी गर्न पर्छ ।  आकारहरू घट्न सक्छ, अर्कै ढङ्गले परिचालनमा आउन सक्छ ,भोलिका दिनमा यस्तै ठाउँमा नभएर अन्तै हुनसक्छ । तर यो इन्फोटेकले निरन्तरता पाउँछ । 

इन्फोटेकबाट फाइदा कति हुन्छ ?
हाम्रो अनुमानित लागत १ करोड भन्दा माथिको हुन्छ र उस्तै हाराहारीमा लागत उठ्छ । हामीलाई यसबाट केही फाइदा भने हुँदैन । हामी एउटा माध्यम बनेर सहयोग पुर्याने मात्र हो ।
  

यसै बीच राजधानीमा राष्ट्रियस्तरको क्यान इन्फोटेक सफलताका साथ सम्पन्न भएपछि सन् २०२४ भित्र सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने योजना ल्याइएको छ । यसका लागि तयारी तीव्र पारिसकिएको छ ।

२ महिना अगाडि

प्रतिक्रिया