काठमाडौँ- कुमारी बैंक र एनएमबी बैंकले साढे ३ लाख कित्ता बढी सेयर बिक्रीमा राखेका छन् ।
यी दुई बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा संस्थापक सेयर बिक्रीमा राखेका हुन् । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । कुमारी बैंकले ३ लाख १४ हजार १४० कित्ता र ३९ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।
इच्छुक संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।
प्रतिक्रिया