सेयर बजारमा चर्को गिरावट, अन्य उपसुचक कस्तो ?

आइतबार, ०६ फागुन २०८०, १५ : ५१

काठमाडौं- साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन बजार २७.२१ अंकले घटेर २०३४ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १३ वटै उपसूचकमा राताम्मै भएको छ ।

आज सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ४० करोड ९० लाख रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआइसी एशिया बैंकको १३ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन जोशी हाइड्रोपावरको १० करोड १४ लाख रुपैयाँ, सगरमाथा जलविद्युत कम्पनीको ९ करोड २७ लाख ९३ हजार रुपैयाँ र यूनियन हाइड्रोपावरको ७ करोड ६१ लाख १८ हजार रुपैयाँको कारोबार भएको हो ।

आज सकारात्मक सर्किट लागेका कम्पनीहरु
आज सेयर बजारमा गिरावट आउँदा बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, किसान लघुवित्तको ८.२२ प्रतिशत, यूनियन हाइड्रोपावरको ६.६५ प्रतिशत, आशा लघुवित्तको ६.०४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आइतबार, ०६ फागुन २०८०, १५ : ५१

प्रतिक्रिया