आज बैंक–वित्तीय संस्था सहित सेयर बजार बन्द हुने

सोमबार, ०७ फागुन २०८०, ०७ : ३८

काठमाडौं- आज सोमवारका दिन बैंक तथा वित्तीय संस्था सहित सेयर बजार बन्द हुने भएको छ । 

आज सोमबार ९फागुन ७ गते० प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, आज सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि बन्द हुनेछन्। 

अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्ने भएको छ । यसअघि आइतबार नेप्से सूचक २७.२१ अंकले घटेर २०३४.९२ विन्दुमा अडिएको छ ।

सोमबार, ०७ फागुन २०८०, ०७ : ३८

प्रतिक्रिया