एक कम्पनीले आईपीओ निष्कासन गर्दै

सोमबार, ०७ फागुन २०८०, ११ : १९

काठमाडौँ- सिभिल हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २८ गतेका लागि १४ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभामा आयोजना प्रभावित क्षेत्र तथा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा कम्पनीको पूँजी वृद्धिको प्रस्ताव लगायत गत आवको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ ।  

सभा पोखरामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना हुनेछ ।    

सोमबार, ०७ फागुन २०८०, ११ : १९

प्रतिक्रिया