दुई बीमा कम्पनीको सेयरमूल्य नेप्सेमा  समायोजन

सोमबार, ०७ फागुन २०८०, १५ : ४९

काठमाडौँ- नेपाल स्टक एक्सचेन्जमा दुई बीमा कम्पनीको सेयरमूल्य  समायोजन भएको छ । नेप्सेमा हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समोयोजन भएको हो ।  
यी दुवै कम्पनीको सेयरमूल्य बोनस सेयरका लागि समायोजन भएको हो ।  

हिमालयन रि इन्स्योरेन्सको ४ प्रतिशत र एशियन लाइफको ७.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात हिमालयन रि को सेयरमूल्य ६२०.२९ रुपैयाँ र एशियन लाइफको ६१६.८० रुपैयाँ कायम भएको छ । यी दुवै कम्पनीको अन्तिम कारोबार मूल्य क्रमशः६४५.१० रुपैयाँ र ६६४.६० रुपैयाँ थियो ।  भोलि समायोजित मूल्यमा यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन् ।

सोमबार, ०७ फागुन २०८०, १५ : ४९

प्रतिक्रिया