सेयर बजारमा सामान्य गिरावट, अन्य उपसुचक कस्तो ?

मंगलबार, ०८ फागुन २०८०, १५ : ४१

काठमाडौं- साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । उक्त दिन बजार १.७६ अंकले घटेर २०३३ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा ८ वटा उपसूचकमा राताम्मै भएको छ । बजारमा गिरावट आउँदा ग्रिनलाईफ हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी किसान लघुवित्तको ७.७१ प्रतिशत, खानीखोला हाइड्रोपावरको ४.८३ प्रतिशत, आशा लघुवित्तको ४.५७ प्रतिशत, साम्लिङ पावर कम्पनीको ४.२५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

सेयर बजारमा सामान्य गिरावट, एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

आज सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ३१ करोड ७३ लाख ७० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको साना किसान लघुवित्त वित्तीय संस्थाको प्रमोटर सेयरको १२ करोड ४० लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन जोशी हाइड्रोपावरको ८ करोड २० लाख ७७ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ६ करोड ४ लाख ४९ हजार रुपैयाँ र दोर्दी जलविद्युत कम्पनीको ५ करोड ५९ लाख ६४ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर सर्किट लागेका कम्पनीहरु 
आज सेयर बजारमा गिरावट आउँदा बोटलर्स नेपाल (बालाजु), र समाज लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ८.२७ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ७.९२ प्रतिशत, हिमालयन रिइन्स्योरेन्सको ४.७९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

मंगलबार, ०८ फागुन २०८०, १५ : ४१

प्रतिक्रिया