आज पनि घट्यो सेयर बजार, अन्य उपसुचक कस्तो ?

बुधबार, ०९ फागुन २०८०, १५ : ५४

काठमाडौं- साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बुधबार बजार ६.४६ अंकले घटेर २०२६ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १२ वटा उपसूचकमा राताम्मै भएको छ ।

सर्वाधिक गुमाउने कम्पनीहरु
बजारमा गिरावट आउँदा पिपुल्स हाइड्रोपावरको सेयर मुल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ७.८४ प्रतिशतले बढेको छ । त्यसैगरी हिमालयन हाइड्रोपावरको ४.२६ प्रतिशत, त्रीशुली जलविद्युतको ४.२३ प्रतिशत, हिमालयन ८०–५० को ४.११ प्रतिशत, मैलुङ खोला जलविद्युतको ४.०५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

सेयर बजारमा लगातार गिरावट,कारोबार रकम घट्दा यी कम्पनीहरुले सर्वाधिक गुमाए

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड १२ लाख २८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआइसी एशिया बैंकको ६ करोड २६ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन पिपुल्स हाइड्रोपावरको ६ करोड ९ लाख ४ हजार रुपैयाँ, सगरमाथा जलविद्युत कम्पनीको ५ करोड ८६ लाख ४३ हजार रुपैयाँ र मोलुङ हाइड्रोपावरको ५ करोड ५७ लाख ७३ हजार रुपैयाँको कारोबार भएको हो ।


सकारात्मक सर्किट लागेका कम्पनीहरु
आज सेयर बजारमा गिरावट आउँदा बोटलर्स नेपाल (बालाजु), हिमालयन उर्जा विकास कम्पनी समाज लघुवित्त र बोटलर्स नेपाल ९तराई०को सेयरमा सकरात्मक सर्किट लाएको छ ।

बुधबार, ०९ फागुन २०८०, १५ : ५४

प्रतिक्रिया