सेयर बजारमा दोहोरो अंकले गिरावट, कारोबार रकम कति ?

विहीबार, १० फागुन २०८०, १५ : २३

काठमाडौं- साताको आन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । बिहीबार बजार २०.७६ अंकले घटेर २००५ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा ११ वटा उपसूचकमा राताम्मै भएको छ ।

आज सर्वाधिक गुमाउने कम्पनीहरु
बजारमा गिरावट आउँदा हिमालयन उर्जा विकास कम्पनीको सेयर मुल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ७.६० प्रतिशतले बढेको छ । त्यसैगरी बाराही हाइड्रोपावरको ६.६७ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ६।२६ प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावरको ५.१३ प्रतिशत, रावा इनर्जीको ५.०८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड ८१ लाख ४९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गुर्खाज फाइनान्सको १४ करोड १ लाख ४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन एनआइसी एशिया बैंकको ६ करोड ४० लाख १६ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ६ करोड २४ लाख २ हजार रुपैयाँ र सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ५ करोड ७७ लाख ६९ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर सर्किट लागेका कमपनीहरु
आज सेयर बजारमा गिरावट आउँदा समाज लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी जोशी हाइडेपावरको ९.८७ प्रतिशत, साम्लिङ पावर कम्पनीको ९.८५ प्रतिशत, बोटलर्स नेपाल (बालाजु) को ८.२४ प्रतिशत र बोटलर्स नेपाल तराईको ५.७३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

विहीबार, १० फागुन २०८०, १५ : २३

प्रतिक्रिया