साताको समीक्षा: शेयर बजारमा कहाली लाग्दो स्थिति कारोबारमा भारी सङ्कुचित

शनिबार, १२ फागुन २०८०, ०८ : ३८

काठमाडौं। यस साता नेप्से परिसूचक करिब ३ प्रतिशत घटेर बन्द भएको छ। गत साता २०६२.०३ विन्दुमा बन्द भएको नेप्से, यस साता २.७३ प्रतिशत अर्थात् ५६.२० अंक घटेर २००५.८३ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस साता दैनिक औसत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ३ अर्ब ८ करोडको शेयर कारोबार भएको छ।

यस साता ४ कारोबार दिनका लागि मात्र बजार खुलेको थियो। जसमध्ये साताभरकै कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको थियो। यस साता सेन्सेटिभ इन्डेक्स ८.९९ अंक घटेको छ भने फ्लोट इन्डेक्स ४.०४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.०८ अंक घटेको छ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब ३ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४१ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ८८ अर्ब घटेर ३१ खर्ब ५३ अर्ब रुपैयाँमा सीमित भएको छ।

गत साताको दैनिक औसत कारोबारको तुलनामा यस साताको दैनिक औसत कारोबार रकम २४.६३ प्रतिशत अर्थात् १ अर्ब कम हो। त्यसै गरी, यस साता दैनिक औसत शेयर सङ्ख्या २०.५७ प्रतिशत घटेको छ भने दैनिक औसत कारोबार सङ्ख्या २.५१ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस साता १ उपसमूहको परिसूचक बढेको छ भने अरू १२ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.०६ प्रतिशत बढेको छ। गत साता ५७४४.१५ विन्दुमा बन्द भएको नेप्से, यस साता २३२.९९ अंक बढेर ५९७७.१४ विन्दुमा पुगेको छ।

यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.१८ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३९६.२८ अंक घटेको छ।

यस साता नेप्सेमा २ कम्पनीको १ करोड १९ लाख ६४ हजार २५१.३७ कित्ता नेप्सेमा सूचीकृत भएको छ। यस साता मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर र घलेम्दी हाइड्रोको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।
 

शनिबार, १२ फागुन २०८०, ०८ : ३८

प्रतिक्रिया