दोहोरो अंकले घट्यो नेप्से

आइतबार, १३ फागुन २०८०, १५ : २९

काठमाडौँ - साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आइतबार बजार २६.८१ अंकले घटेर १९७९ को विन्दुमा कायम हुन पुगेको छ ।  

सेयर बजारमा लगातार गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

आज नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा ११ वटा उपसूचकमा राताम्मै भएको छ ।उक्त दिन सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज कम्पनीको २५ करोड १८ लाख १२ हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जोशी हाइड्रोपावरको ११ करोड ३ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्सको ११ करोड १ लाख ५५ हजार रुपैयाँ, गुर्खाज फाइनान्सको १० करोड ७५ लाख ८८ हजार रुपैयाँ र ङादी ग्रुप पावरको ८ करोड ३७ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो ।


आज सेयर बजारमा गिरावट आउँदा बोटलर्स नेपाल (बालाजु) को सेयरमा सकारात्मक सर्किट लाएको छ । त्यसैगरी चिरख्वा हाइड्रोपावरको ८.५५ प्रतिशत, धौलागिरी लघुवित्तको ६.६६ प्रतिशत, गुर्खाज फाइनान्सको ५.१६ प्रतिशत र सन नेपाल लाइफ इन्स्योरेन्सको ५.०४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

बजारमा गिरावट आउँदा समाज लघुवित्त र मोलुङ हाइड्रोपावरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी साम्लिङ पावर कम्पनीको ९.५६ प्रतिशत, बलेफी हाइड्रोपावरको ९.२१ प्रतिशत, जोशी हाइड्रोपावरको ७.७७ प्रतिशतले सेयर मूल्य घटेको छ । 

 

आइतबार, १३ फागुन २०८०, १५ : २९

प्रतिक्रिया