आईपीओ निष्काशनको तयारीमा क्रेस्ट माइक्रो लाइफ, साधारण सभा कहिले ?

सोमबार, १४ फागुन २०८०, ०७ : ०४

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी चैत्र ५ गते सोमबार प्रथम वार्षिक साधारण सभा डाकेको छ । 

कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले शुभ होटल, प्रा.लि. चाइना पुल, वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ बजेदेखि सभा सुरु गर्ने जनाएको छ। 

सभाले वार्षिक प्रतिवेदन सहित गत आवको नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । त्यस्तै, चाुल आवका लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक तोक्नेछ ।

त्यस्तै, सञ्चालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने र सञ्चालक समितिका पदाधिकारीहरूको पारिश्रमिक, भत्ता तथा सुविधा निर्धारण गर्नेछ।

त्यसै गरी, सभामा सर्वसाधारणलाई आइपिओ जारी गर्ने विषयमा छलफल हुनेछ । यसका लागि आवश्यक प्रक्रिया गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ।
 
सभाले प्रबन्ध पत्र तथा नियमावलीको आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र आइपिओ जारी पश्चात् प्राप्त पुँजीको उपयोग गर्ने सम्बन्धमा समेत छलफल गर्ने जानकारी दिएको छ ।
 

सोमबार, १४ फागुन २०८०, ०७ : ०४

प्रतिक्रिया