सर्वोत्तम सिमेन्टको आइपीओमा कतिले दिए आवेदन ?

सोमबार, १४ फागुन २०८०, १८ : ०२

काठमाडौँ - सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा आज दोस्रो दिन अर्थात सोमबार साँझसम्ममा ८ अर्ब १ करोड २० लाख ६३ हजार ७ रुपैयाँ बराबरको आवेदन परेको छ ।सीडीएस एन्ड क्लियरिङका अनुसार कम्पनीको आइपीओमा ४ लाख ७ हजार ७११ जनाले २ करोड २२ लाख २३० कित्ताका लागि आवेदन दिएका हुन् । मागभन्दा ८ गुणा बढी आवेदन हो ।

कम्पनीले फागुन १३ गते आइतबारदेखि २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यसमा छिटोमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

सोमबार, १४ फागुन २०८०, १८ : ०२

प्रतिक्रिया