काठमाडौँ : सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज फागुन १६ गते अन्तिम दिन हो। उक्त आईपीओमा आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइपिओ जारी गरेको यस कम्पनीको आइपीओमा मङ्गलवार साँझसम्म १० गुणा बढी आवेदन परिसकेको छ ।
सीडीएसका अनुसार ५ लाख २४ हजार ७८ जनाले २ करोड ८३ लाख २७ हजार ६१० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा १०.२० गुणा बढी हो।सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपिओ निष्कासन तथा बिक्री खुला गरेको हो ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आइपिओ जारी गरेको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा एक जनाले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया