काठमाडौं । अध्यक्ष बिहिन अवस्थामा चलेको नेपाल धितोपत्र बोर्डले अध्यक्ष पदमा नियुक्तीको लागि गठित सिफारिस समितिले दरखास्त आवेदन माग गरेको छ। समितिले खुल्ला प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट गोप्य खामबन्दी आवेदन दिनका लागि माग गरेको छ ।
आवश्यक योग्यता तथा अनुभव भएका इच्छुक नागरिकले कागजातसहित सूचना प्रकाशित मिति (फागुन १६ गते) ले १५ दिनभित्र अर्थात् फागुन ३० गतेसम्म अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा आवेदन दिनु निर्देशन गरेको छ ।

प्रतिक्रिया