१४० वर्षपछि हङकङमा आज सबैभन्दा तातो दिन

१ महिना अगाडि

काठमाडौँ - एक सय ४० वर्षपछि आज हङकङमा मार्च महिनाकै सबैभन्दा तातो दिन रेकर्ड भएको छ।

हङकङ अब्जर्भेटरीले आइतबार मुख्यालयमा गरेको रेकर्डमा ३१।५ डिग्री सेल्सियस तापक्रम मापन भएको हो। जुन, सन् १८८४ पछिको रेकर्डमा मार्च महिनाको सबैभन्दा तातो दिन भएको द स्ट्यान्डर्डले उल्लेख गरेको छ।त्यस्तै, आज ताकु लिङ, ह्याप्पी भ्याली, वोङताइ सिन र सामसुइ पोमा दिउँसोको रेकर्डमा तापक्रम ३० डिग्रीभन्दा माथि पुगेको थियो। सहरको मौसम दिउँसो तातो रहे पनि दक्षिणी वायुको प्रभावले बिहान र रातमा भने कुहिरो लाग्ने अब्जर्भेटरीले जनाएको छ। यस्तै, भोलिको अधिकतम तापक्रम २७ देखि ३० डिग्री रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै, आज १४० वर्षपछि मार्च महिनाकै सबैभन्दा गर्मी दिन रहे पनि उत्तरपूर्वी मनसुनका कारण मध्य हप्तामा भने तापक्रम घट्ने अनुमान गरिएको छ।
 

१ महिना अगाडि

प्रतिक्रिया