काठमाडौं- काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो । उनी २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।
स्रोतका अनुसार ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए ।
प्रतिक्रिया