आज काठमाडौं महानगरमा शोक बिदा

सोमबार, ०१ पुस २०८१, १० : ०५

काठमाडौं- काठमाडौँ महानगरपालिकाले पूर्व मेयर पिएल सिंहको निधनमा आज शोक बिदा दिएको  छ । उहाँको ८७ वर्षका उमेरमा उपचारका क्रममा आज विहान निधन भएको थियो । 

कामपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा  कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिए।  २०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो।    
 

सोमबार, ०१ पुस २०८१, १० : ०५

प्रतिक्रिया