शोभा पाठक प्रहरी नियन्त्रणमा

सोमबार, ०१ पुस २०८१, १५ : ४७

काठमाडौं - धादिङकी शोभा पाठकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि पाठकलाई नियन्त्रणमा लिइएको हो । पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको प्रहरीले जनाएको छ ।

नेकपा एमाले नेता महेश बस्नेतले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको पाठकले बताएकी छिन् ।

सोमबार, ०१ पुस २०८१, १५ : ४७

प्रतिक्रिया