काठमाडौं : काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। राति पनि देशभरको मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।
प्रतिक्रिया