क्यानडाकी अर्थमन्त्रीले किन दिइन् राजीनामा ?

मंगलबार, ०२ पुस २०८१, ११ : ५४

 काठमाडौं - प्रधानमन्ँत्री जस्टिन ट्रुडोसँग असहमति भएपछि क्यानडाकी अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले पदबाट राजीनामा दिएकी छन्।

अर्थमन्त्री फ्रिल्यान्डले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई सोमबार एक पत्र लेख्दै अर्थमन्त्रीबाट राजीनामाको घोषणा गरेकी हुन्।

आफ्नो राजीनामा पत्र उनले सोसल मिडिया एक्समा सार्वजनिक गरेकी छन्।

पत्रमा उनले लेखेकी छन्, ‘शुक्रबार तपाईंले मलाई अब अर्थमन्त्री बनाउन नचाहेको बताउनुभयो र मलाई मन्त्रिपरिषद्‌मा अर्को पद प्रस्ताव गर्नुभयो, धेरै सोचविचारपछि म मन्त्रिपरिषद्‌बाटै राजीनामा दिनु नै उपयुक्त हुने निष्कर्षमा पुगेको छु। यो मात्र इमानदार कदम हो।’

मन्त्री फ्रिल्याण्डले राजीनामा पत्रमा यस्तो पनि लेखेकी छन्, ‘विगत केही सातादेखि तपाईं र मबीच क्यानडाको भविष्यलाई लिएर असहमति छ। आज हाम्रो देश गम्भीर चुनौतीको सामना गरिरहेको छ। अमेरिकामा आउने प्रशासनले आक्रामक आर्थिक राष्ट्रवादको नीति अपनाइरहेको छ, जसमा २५ प्रतिशत शुल्क लगाउने धम्की पनि समावेश छ। त्यसलाई गम्भीरताका साथ लिन आवश्यक छ।

’हेर्नुहोस् उनको राजीनामा पत्र-

resign

मंगलबार, ०२ पुस २०८१, ११ : ५४

प्रतिक्रिया