काठमाडाैं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ ।
गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराई र उपत्यकाका केही स्थानहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ, जसले दैनिक जनजीवन, पर्यटन, यातायात र हवाई उड्डयनमा केही प्रभाव पार्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौंको आज बिहान पौने ६ बजेको तापक्रम ५.१ डिग्री सेल्सियस थियो, जुन हिजोको तापक्रम (४.८ डिग्री सेल्सियस) भन्दा अलि बढी हो।
प्रतिक्रिया