काठमाडौं- श्रीमणि आचार्य दङाली कम्युनिष्ट आन्दोलनका एक लोकप्रिय नेता । संकटको बेला एमालेको नेतृत्व गरेका नेता आचार्य प्रत्यक्ष राजनीतिमा आउनुअघि शिक्षण पेसामा संलग्न थिए । त्यसैले उनलाई स्थानीयहरु आदरपूर्वक श्रीमणी सर भन्ने गर्दछन् । उनै श्रीमणि सरको आज बुधबार १७ औं स्मृति दिवस मनाइएको छ ।
दिवसको सन्दर्भमा तुलसीपर–११ मालेडाँडामा रहेको श्रीमणि पार्कमा निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्यक्रम हुनेछन् । शिविरमा महिला प्रजनन् तथा आँखा स्वास्थ्यबारे निःशुल्क जाँच हुने तुलसीपुर–११ का अध्यक्ष मानबहादुर रावतले बताए । उनले नागरिकहरुलाई शिविरमा स्वास्थ्य जाँच गराउन आग्रह समेत गरे ।
नेकपा एमाले तुलसीपुर–११ नम्बर वडा कमिटीको आयोजनामा निःशुल्क शिविर तथा सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।
स्मरण रहोस् २०५१ सालको मध्यावधी निर्वाचनको प्रचार प्रसारको क्रममा बिजौरीमा नेपाली कांग्रेसको पक्षबाट चलाइएको गोलीको छर्रा लागेर श्रीमणी आचार्य लगायत घाइते भएका थिए । उक्त छर्राकै कारण क्यान्सरबाट उनी पीडित थिए । उक्त गोलीकाण्डमा तीन जना युवाहरुको मृत्यु भएको थियो ।
प्रतिक्रिया