राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा नयाँ बोनसदर घोषणा

विहीबार, ०५ असार २०८२, १० : ५८

काठमाडौं- राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ बोनसदर घोषणा गरेको हो।

कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी (बोनस आर्जन गर्ने) जारी गरेको सबै किसिमका जीवन बीमालेखहरुमा चालु आर्थिक वर्षका लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा ५५ रुपैयाँ बोनसदर कायम गरिएको जनाएको छ। 

साथै, बोनसदर बीमांकीय मूल्यांकनका आधारमा परिवर्तनशील रहने कम्पनीले जनाएको छ।
 

विहीबार, ०५ असार २०८२, १० : ५८

प्रतिक्रिया