काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित गर्दै ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना गर्ने भएको छ ।
प्रतियोगिता भदौ ६ र ७ गते शनिबार र आइतबार दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आयोजना हुनेछ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एक्सट्रिम इनर्जी ड्रिंकको प्रवर्द्धनमा आयोजना हुन लागेको प्रतियोगिता ‘रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको छ । प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप विस्तार गर्नुका साथै उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि बढ्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।
पछिल्लो समय नेपालमा ई–स्पोर्ट्स, विशेषगरी पब्जी मोबाइलको लोकप्रियता तीव्र रूपमा बढ्दै गएको छ । यही बढ्दो आकर्षणलाई लक्षित गर्दै आयोजना हुन लागेको पीएमएनसी नेपाल फलको ग्रान्ड फाइनल नेपाली ई–स्पोर्ट्स प्रेमीका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ ।
एक्सट्रिम इनर्जी ड्रिंकले यसअघि पनि नेपालका विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ । कम्पनीले पछिल्लो समय क्रिकेटलगायत विभिन्न खेलसँग आफ्नो ब्रान्डलाई जोड्दै आएको छ ।
दुईदिने प्रतियोगितामा उपाधिका लागि टोलीहरूबीच हुने रोमाञ्चक प्रतिस्पर्धासँगै नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने सम्भावित टोली र खेलाडीमाथि समेत दर्शकको विशेष नजर रहनेछ ।
प्रतिक्रिया