बाढीपीडितका लागि एनएमबि क्यापिटलको १५ लाख, कर्मचारीले पनि जुटाए राहत सामग्री

आइतबार, २१ भदौ २०८३, १३ : ४९

काठमाडौं– एनएमबि क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ।

संस्थाले आर्थिक सहयोगसँगै आफ्ना कर्मचारीमार्फत छुट्टै रकम संकलन गरी विभिन्न राहत सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ। कर्मचारीहरूले संकलन गरेको रकमबाट खरिद गरिएका राहत सामग्री नेपाल सरकारको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, टेकुमा जम्मा गरिएको हो।

एनएमबि क्यापिटलले बाढी तथा विपद्मा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

त्यस्तै, बाढीमा बेपत्ता भएकाहरूको शीघ्र सकुशल उद्धार तथा घाइतेहरूको द्रुत स्वास्थ्य लाभको कामनासमेत संस्थाले गरेको छ।

आइतबार, २१ भदौ २०८३, १३ : ४९

प्रतिक्रिया