स्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन नेकपाका सांसद शर्माको चेतावनी

विहीबार, १५ फागुन २०७६, १५ : २९

नेकपाका सांसद जनार्दन शर्माले स्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन चेतावनी दिएका छन् । 

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले गलत तथ्यहरु राखेर स्वेतपत्रको नाममा कसैलाई नतर्साउन चेतावनी दिएका हुन् । 

शर्माले आफूले गृहमन्त्रीबाट २०७४ असोज ३० गते नै राजीनामा दिएको भएपनि २०७४ कात्र्तिक १३ गते भएको भनिएको निर्णयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाए । 

२०७४ असोज ३० गते नै आफू गृहमन्त्रीको जिम्मेवारीबाट बाहिरिएको उल्लेख गर्दै उनले तर्साउन नाम जोडिएको हो रु वा मलाई आत्मसमर्पण गराउन खोजिएको हो रु भन्दै प्रश्न गरे । उनले आफूलाई तर्साउन खोजिएको भएपनि आफू असत्यको सामु नझुक्ने बताए ।  उनले भने, ‘यदि त्यसरी यहाँ मलाई तर्साउन खोजिएको हो भने म असत्यको अगाडि कहिले पनि तर्सिन्नँ । सरकारले मलाई ढाँट्न सक्ला तर जनता र मतदातालाई ढाँट्न सक्छ रु जनता र मतदातालाई ढाँट्ने सरकारले कहिले पनि काम गर्न सक्दैन । कसरी विश्वास गर्ने यहाँ विश्वासको संकट प¥यो । नभएको मान्छेको नाम लेखेर मिडियाबाजी गराउने काम किन गरियो रु मर्लाइ शंका उत्पन्न भयो । मलाई जवाफ चाहिन्छ विश्वासको संकट प¥यो ।’

आफूले सरकारका विरुद्धमा कुनै लगत कुरा नबोलेको भएपनि आफूलाई किन तर्साउन खोजियो भन्दै उनले प्रश्न गरे । ‘म अचम्ममा परे यो स्वेतपत्र हो की अस्वेत पत्र हो । मैले कुनै गलत कुरा त बोलेको छैन् तर राज्यव्यवस्था समिति हुँदा कुनै ऐनहरु आउँछन् जो ऐन संविधान भन्दा बाहिर आएर ऐनहरुलाई संशोधन गर्ने कुरामा बोल्छु । परिमार्जन गर्न म पनि लाग्ने गरेको छु । अर्को कुरा विकाश समृद्धिका लागि भ्रष्टाचार अन्त्य हुनुपर्छ । सरकार दलालको घेराबाट मुक्त हुनुपर्छ भनेर मैले भनिरहेको छु । जनताको विकास निर्माणको तिव्र चाहाना छ । सरकारले यसतर्फ जानुपर्छ भनेको छु । अरु केही गरेको छैन् ।’  

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका निर्णयहरुमा नाम उल्लेख नहुनु र त्यो भन्दा अगाडीको सरकारले गरेका निर्णयमा नाम लेखिनुले पनि आशंका उब्जाएको बताए । 

स्वेतपत्रमा देखिएका कुराहरुको विषयमा बुझ्नका लागि ट्रष्टको कार्यालयमा गएर निवेदन दिएपनि त्यहाँका कर्मचारीले कुनै कागजपत्र नै नदिएको उनले बताए ।  त्यहाँका कर्मचारीलाई आफू गृहमन्त्री हुँदा ट्रष्टको कार्यालयमा नै नआएको भएपनि आफ्नो नाम कसरी जोडियो भनेर सोध्दा कर्मचारीहरुले पनि ‘तपाईको पालामा कुनै निर्णय नै भएको थिएन’ भनेर भनेको शर्माले बताए । 

उनले भएको नाम नलेख्ने तर नभएको नाम लेख्ने भन्दै यसको जवाफ प्रधानमन्त्री र गृहमन्त्रीले दिनुपर्ने बताए । शर्माले ट्रष्टले लिजमा दिएका सबै सम्पत्ति फिर्ता गरेर नयाँ तरिकाले अगाडि बढुनपर्ने माग समेत गरेका छन् ।

विहीबार, १५ फागुन २०७६, १५ : २९

प्रतिक्रिया