राम्रा कामको प्रचार नहुँदा  नकारात्मक टिप्पणी भयो: मुख्यमन्त्री पोखरेल

आइतबार, १८ फागुन २०७६, ०८ : ०९

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भूमिसम्बन्धी समस्या समाधानलाई सम्बोधन गर्न प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिएका छन ।

 “ लामो समयदेखि रहेको भूमि समस्यालाई हल गर्न प्रदेश सरकारले सबै प्रकारका कानूनी प्रक्रिया पूरा गरिसकेको छ । यो समस्या सम्बोधन हुन्छ ।” उनले भने । 

बाँकेको बैजनाथ गाउँपालिकामा रहेका सुकुम्वासीलाई शनिबार जग्गाधनी पुर्जा वितरण गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले इतिहासमै पहिलोपटक उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरे ।

 “भोट माग्ने राजनीति सिद्धिने डरले कतिपय दलले सरकारविरोधी गतिविधिलाई बढावा दिएको हुनुपर्छ”, उनले भने, “पछिल्लो समय विकासको चिन्ता गर्नेभन्दा बढी विकासका गतिविधिका कारण चिन्तित हुनेको सङ्ख्या बढ्दै गएको छ ।”

मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “सरकारले गरेका राम्रा कामको प्रचार नहुँदा विभिन्नखाले नकारात्मक टीकाटिप्पणी हुने गरेको छ ।”उनले नेपालले विकसित मुलुकहरु बराबरको आर्थिक वृद्धिदर हासिल गर्दै गएको र  प्रदेश सरकारले सञ्चालन गरेका काम जनताले अनुभूति गर्न थालेको बताए ।

सो अवसरमा बाँकेको बैजनाथ गाउँपालिका–६ मा जग्गा उपभोग गरेका ११३ सुकुम्वासीलाई तेस्रोचरणको कार्यक्रम अन्तर्गत जग्गाधनी पुर्जा वितरण गरिएको थियो ।  

उनीहरुले २२ वर्षपछि पुर्जा पाएको जनाइएको छ ।    पहिलो चरणमा २८ र दोस्रो चरणमा ११० जनाले जग्गाधनी पुर्जा प्राप्त गरिसकेका छन् ।

आइतबार, १८ फागुन २०७६, ०८ : ०९

प्रतिक्रिया