दुई पाङ्ग्रे सवारी अहिलेको आवश्यकता

६ बर्ष अगाडि

दीपककुमार अग्रवाल, भाइस प्रेसिडेन्ट, जगदम्बा मोटर्स
 

पछिल्लो समय नेपालमा टु ह्विलर्स (दुई पाङ्ग्रे) सवारी साधन मोटरबाइक तथा स्कुटरको प्रयोग बढ्दो छ । यातायात क्षेत्रका जानकारहरूका अनुसार सार्वजनिक सवारी साधनको असहजताका कारण यस्ता साधनहरूको प्रयोग बढेको बताउँछन् । तर, बढ्दो आधुनिकता र आफ्नै सवारीको प्रयोग ट्रान्सपोर्टेसनका लागि पनि प्रयोगको आवश्यकता देखिएको पाइन्छ । 

टु ह्विलर्स साधन नेपालमा भित्र्याउने दर्जनभन्दा बढी अटो क्षेत्रका कम्पनीहरू छन् । मानिसहरूमा बढ्दो आयस्रोत सडकको विस्तारसँगै दैनिक माग बढ्दो छ । छोटो समयमै जगदम्बा मोटर्स अन्तर्गत टीभीएस ब्रान्डमा बिक्री गर्दै आइरहेको टु ह्विलर्स सवारी साधनहरू बजारमा आकर्षण बढ्दो छ । जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपककुमार अग्रवालका अनुसार भूगोल सडक र समय अनुसार सबै क्षेत्र उमेरको रोजाइमा टीभीएसका प्रडक्ट उपलब्ध हुनुका कारण आकर्षण बढेको स्वीकार्छन् । त्यस्तै, देशभर दुई सयभन्दा बढी सर्भिस सेन्टरबाट उत्कृष्ट सेवा प्रवाह गरिरहको टीभीएसको तीन चक्के कारका रूपमा ‘टेम्पो’ पनि बजारमा छ । एग्रेसिभ बजार लिइरहेको उक्त ब्रान्डले बिक्रीसँगै उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको दाबी अग्रवाल गर्छन् । यिनै विषय सेरोफेरोमा रहेर भाइस प्रेसिडेनट अग्रवालसँगको कुराकानीको सम्पादित अंश यस्तो छ :

नेपालमा पछिल्लो समय दुई पाङ्ग्रे सवारी साधनप्रति आकर्षण किन बढ्दो छ ?  टीभीएसले कसरी आफ्नो बजारमा स्थान लिएको छ ?
पछिल्लो समय नेपालमा विशेषगरी दुई पाङ्ग्रे सवारीको माग बढ्दो छ । मानिसहरूलाई आवत जावत गर्न सहज भरपर्दो सुविधाका कारण आकर्षण बढेको हो । यसर्थ अटोमोबाइल अहिले दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ । अव्यवस्थित सार्वजनिक यायतायातका कारण समयमा गन्तव्य पुग्ने निश्चित नहुँदा मानिसहरू यता आकर्षित छन् । फेरि साधरण मध्यम वर्गदेखि सबैले आर्थिक भार कन्जुम गर्न सक्ने सामाजिक प्रतिष्ठा सुविधाका कारण पनि हो भन्ने मेरो बुझाइ हो । 
हाम्रो टीभीएसको विषयमा भन्नुपर्दा सन् २०१५ सेप्टेम्वरबाट सुरु भए पनि  बिजनेसलाई अबको ५ वर्षको अवधिमा अग्रस्थानमा पुर्याउने लक्ष्यका साथ हाम्रो टिमर्वक अघि बढिरहेको छ । छोटो समयमै हामीले राम्रो पोजिसनमा बजारमा छौँ । लक्ष्य चुम्न एग्रेसिभ बजारीकरणमा छौँ । 

टीभीएसलाई नेपालको टु ह्विलर मोटर्समा पहिलो नम्बरमा ल्याउने रणनीति तपाईंहरूसँग के  हो ?
हामीसँग जादुको छडी त भएको होइन । हाम्रो आफ्नै बिजनेस इमानदारिता, प्रडक्टको विशेषतले यो स्थानमा छौँ । एकदम कम समयमै अग्रस्थानमा छौँ । बेसिक कुरालाई ध्यान दिएर पहुँच र नेटवर्क बढाउँदै छौँ । घर–घर, गाउँ–गाउँमा हाम्रो प्रोडक्ट र सेवा सुविधाहरू विस्तार हुँदैछ ।   

हामीले एउटा फरक विशेषता जोडेका छौँ, किसान, शिक्षक, कर्मचारी, गृहणी, विद्यार्थी सबैलाई सहज र आवश्यक पर्ने किसिमका मोटरसाइकल तथा स्कुटरहरू उपलब्ध गराएका छौँ । कसैले पनि यहाँबाट आफ्नो आवश्यकता मोडलको नपाएर फिर्ता हुनु पर्दैन । त्यस्तै, स्पेयर पार्टस् र उपयुक्त सर्भिसहरू उपलब्ध गराएका छौँ । अर्को मुख्य कुरा भनेको देशभर करिब १० हजार टेक्निसियनलाई तालिम दिने अभिभारा हामीले लिएका छौँ । सडकछेउका स्थानीय साना–साना वर्कसपसँग हामीले सहकार्य गर्दै आइरहेका छौँ । टीभीएसको पार्टस् र सर्भिस हरेक पाँच किलोमिटरमा उपलब्ध गराउने कोसिसमा छौँ । 

साथसाथै ब्रान्ड प्रमोसनका लागि हरेक डिजिटल तथ प्रिन्ट मिडियाहरूमा त अवश्य नै छौँ । हामीले प्रडक्ट मात्र नल्याएर विभिन्न समय र चाडपर्वहरूलाई लक्षित स्किमहरू पनि ल्याएका छौँ । कुनै पनि विषय क्षेत्रमा सङ्कुचित नभई अग्रणी स्थान लिने सोचमा छौँ ।  

तपाईंहरूको कति प्रकारका प्रडक्टहरू छन् । सेवा तथा सभिर्स कस्टमरले कसरी  सहज पाउन सक्छ भन्ने लाग्छ  ? 
नेपालको परिवेशमा भन्ने हो भने करिब ७० प्रतिशत बाइक र ३० प्रतिशत जति स्कुटरहरूको बजार छ । अहिलेसम्म हाम्रा १४ प्रकारका प्रडक्ट २ सयभन्दा बढी सर्भिस सेन्टर र एक सय सेल्स प्वाइन्ट अन्तर्गत सेवा प्रवाह भइरहेको छ । मेकानिकल पार्टमा आएको आधुनिकतासँगै प्रडक्टहरू कम्फर्टेबल सुरक्षित र सहज परिवर्तित मोडलहरू नै छन् । कामाडौँमा मात्रै ३० वटा वर्कसपहरू स्थापित छन् । यसर्थ हरेक सहरमा १० किलोमिटरको फरकमा एउटा वर्कसप छनौट गर्छांै र तालिम प्रदान गर्छौं । बेसिक स्पेसल टुल्स जुन टीभीएसका लागि आवश्यक छ त्यो प्रदान गर्छौं । बेसिक आइटमहरू उसले अनिवार्य रूपमा राख्नुपर्छ । त्यो वर्कसपलाई हामीले नजिकको डिलर, सर्भिस सेल्सका म्यानेजर र सर्भिसका म्यानेजरसँग समन्वय गराउँछौँ । 

त्यस्तै, प्रडक्टमा पाँच वर्षको वारेन्टी दिइरहेका छौँ । आफ्नै ट्रेनिङ सेन्टर सेल्सदेखि प्राविधिकहरूलाई समेत तालिमको व्यवस्था छ । भर्खरै युवा वर्गलाई लक्षित गरेर २ सय सीसीको प्रडक्ट ल्यायौँ भने अब  ३ सय सीसीको बाइक ल्याउने योजनामा छौँ । नयाँ मोडलहरू बजारमा ल्याउन खाजिरहेका छौँ । त्यस्तै, १२५ सीसीको स्कुटर ल्याउने योजनामा छौँ । इन्डोनएसियामा चल्ने स्कुब्याक भर्खरै ल्यायौँ । 

नेपालको भूगोल र बाटोअनुसार के–कस्ता सवारीसाधनको आवश्यकता देख्नुहुन्छ ?
नेपालमा पछिल्लो समय धेरै बाटा बनेका छन् । तर, पूर्ण बनेका छैनन् ‘डेन्जर जोन’हरू थुप्रै छन् । जसले सवारी सुरक्षाप्रति गहिरो प्रश्न उठेको छ । त्यस्तै मुख्य सहरहरूमा ट्राफिक समस्या छ ।  यिनै कुराहरूलाई जोडेर कम्पनीले सबै रेन्जका सबै क्षेत्रमा चलाउन सकिने बाइक, तथा स्कुटरहरू उपलब्ध गराएको छ । पहाडी भेगका लागि हायर विशेष बाइक चाहिन्छ जसमा मेन्टेनेन्स कम होस्, त्यसका लागि पनि प्रोडक्ट छ  । तराई भेगका लागि १२५ सीसीमा हामीसँग स्ट्राइकर र फिनिक्स भन्ने प्रोडक्ट छ । जुन समयसापेक्ष सुहाउँदो हाइ माइलेज र पावर रहेको छ । टीभीएसले नेपाल र बङ्गलादेशमा स्ट्राइकर भन्ने प्रडक्ट लन्च गरेको प्रडक्ट १२५ सीसीको इकोनोमिकल बाइक हो । तर १५० सीसी बराबरको फिचर यसमा रहेको छ । 

टीभीएस नेपाली बजारमा आफूलाई अहिले मूल्याङ्कन गर्नुपर्दा कुन स्थानमा छ ?
विभिन्न सेग्मेन्टमा फरकफरक स्थानमा छौँ । जस्तो कि २ सय सीसीमा हामी दोस्रो स्थानमा रहेको दाबी गर्दछौँ, १२५ सीसीमा तेस्रो स्थानमा छौँ । ओभरल भन्ने हो भने हामी अहिले चौथो स्थानमा पाउँछौँ । तर हामी एक एक स्थान अगाडि बढिरहेका छौँ । चाडै नै हामी जगदम्बा मोटर्स् टीभीएसको कल्चर विकास गर्न ‘साथ छ हाम्रो’ भन्ने कार्यक्रम लिएर आउँदै छौँ । जसमा हरेक क्षेत्रमा हामीले काम गरिरहेका छौं । कसैले मोटरसाइकल किन्ने सोच बनाएर आएको छ भने हामीले उसलाई आवश्यक सम्पूर्ण सहयोग गर्छौं । जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट फाइनान्सबाट सहयोग गर्छौं, पुरानो बाइक दिएर नयाँ लान पाउने व्यवस्था पनि गरेका छौँ । होम डेलिभरीको योजना पनि ल्याउँदैछौँ । बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म हाम्रो सर्भिस सेन्टर खुल्ने बनाउँदै छौँ । फोनबाटै पार्टस्हरू माग गर्न सक्ने व्यवस्था मिलाउने योजना छांै । त्यस्तै, पारदर्शिताका लागि पार्टस्हरू इन्टरनेटमा मूल्य÷ किसिम हेर्न सकिने गर्दैछौं । यसरी काठमाडौंमा हामीले मिल्क मेनको कन्सेप्ट सुरु गरेका छौँ । 

सवारी साधनहरूको तुलनमा पार्र्टस्हरू महङ्गो हुन्छ भनिन्छ, किन ?
हो । एउटा मोटरसाइकलमा करिब ९ हजार पार्टस्हरू हुन्छन् होला त्यो सबै किनेर जोड्ने हो अवश्य महँगो पर्न जान्छ । यो अटो मोबाइलको क्षेत्रमा मात्र हैन अन्य क्षेत्रमा पनि यस्तै हो । तर टीभीएसको कुरा गर्ने हो भने यो अन्यको तुलनामा त्यस्तो महँगो छैन । अन्य कम्पनीको स्पेयर पार्टस्हरूसँग तुलनात्मक रूपमा सहज छ ।  

अहिले तपाईंहरूको नयाँ प्रडक्ट के के हुन् ? नयाँ योजनाहरू के छन् ?
हामी बजारमा आएदखि नै नयाँ नयाँ प्रडक्टहरू लन्च गरिरहेका छौं । सुरुमा नै हामीले १ सय १० सीसीमा भिक्टर भन्ने प्रोडक्ट लन्च गर्यौं । किसानहरूको लागि एक्सेल हन्ड्रेड गाउँमा काम गर्ने दुईचक्के मालगाडी लन्च गर्यौं । त्यसपछि फिनिक्स रिफ्रेस भन्ने १२५ सीसीको मोटरसाइकल लन्च गर्यौं ।  यसरी नै हरेक वर्ष केहि न केहि नयाँ लिएर बजारमा आइरहेका छौं । 

५० प्रतिशतभन्दा बढी मार्केट १५० सीसीको भन्दामाथिका साधनहरूमा रहेको छ । यस वर्ष तुरुन्तै त नआउला तर, हामीले २, ३ वटा नयाँ मोडलहरू ल्याउने योजना बनाएका छौं । आउने वर्षमा १ सय ६० सीसीको नयाँ मोडल ल्याउने योजना छ । जुपिटर स्कुटरमा जुपिटर लिमिटेडिड क्लासिक भन्ने प्रडक्ट र ३ सय सीसीको आपाच्य थ्री हन्ड्रेड ट्याम पनि चाँडै नै बजारमा ल्याउँदै छौँ । 

युवा वर्गसँग टीभीएस कसरी जोडिएको छ ?
सामान्यतया टीभीएस युवाहरूकै लागि हो । युवा वर्गलाई नै हामीले मुख्य नजर गरेका छौं । कार्यक्रमहरू त्यसरी नै स्पोन्सर गरेका छौँ । बङ्गलादेशको प्रिमियर लिग तथा अफ्रिकन प्रिमियर लिगलाई स्पोन्सर गरेको थियो । क्रिकेट नेपालमा मात्र हैन विश्वमा नै चर्चित छ । त्यसैले किन नगर्ने भनेर हामीले इपियलमा स्पोन्सर गरेका हौं । त्योभन्दा अगाडिदेखि नै विर्तामोडको आहा गोल्डकपमा सह–प्रायोजक भइसकेको थियौँ । विगत पाँच वर्ष अगाडिदेखि नै नोपल महिला भलिबललाई स्पोन्सर गर्दै आइरहेका छौँ । स्पोर्टस्को प्रमोसनमा विभिन्न स्थानमा विभिन्न तरिकारले हामीले सहयोग गर्दै आइरहेका छौँ । 

नेपालमा पछिल्लो समय तुलनात्मक रूपमा सवारीसाधनको सङ्ख्या बढ्नुको कारण के हो ?
नेपालको अर्थतन्त्रमा आएको परिवर्तनले हुनसक्छ । मानिसहरू विदेश गएर वा यहीँ पनि इनकम सोर्स बढाइरहेकै छन् । आधुनिकताले छाएको छ । ‘टाइम इज मनी’ भनेर हिँड्ने समय बनेको छ । यसैले सवारी विलासिता नभई आवश्यकता बनेको छ । यसर्थ सङ्ख्यात्मक रूपमा बढेको हुन सक्छ अर्को यहाँको सार्वजनिक सवारीका कारण साना कार तथा बाइक स्कुटरको माग बढेको हो । त्यस्तै, अहिले जताततै बाटो एक्सेस छ । नेपालको भौतिक पूर्वधार र भागौलिक बनावटले हुनसक्छ । किनभने अहिले नेपालको धेरै ठाउँहरूमा मोटरसाइकल सजिलै पुग्छन् । तर, विदेशमा बढी कारहरू देखिन्छन् यहाँ कारहरू सामान्य मानिसहरूको पहुँचबाट टाढा छ । मुख्य कुरा  पब्लिक ट्रान्सपोटेसन पनि हो । किनभने नेपालको परिवेशमा हेर्ने हो भने जति कोसिस गरे पनि सार्वजनिक सवारीसाधनहरू त्यति सहज हुन सकेको छैन । आवश्यक परेको अवस्थामा उपलब्ध हुन सक्दैन । ट्याक्सीको कुरा गर्ने हो भने आज पनि मिटरमा ट्याक्सी चलाउन मान्दैनन् ट्याक्सी चालकहरू । छिटो छरितोका लागि पनि नभइ नहुने भएकोले दैनिक आवश्यकता महसुस भएको छ । 

त्यस्तै, बाइकभन्दा पछिल्लो समय स्कुटरका माग किन बढेको होला ?
पछिल्लो समय बजारमा स्कुटरको माग बढेको छ । महिला तथा पुरुष दुवैले चलाउन मिल्ने सहज र कलेजदेखि अफिससम्म तथा सामान बोक्नका लागि पनि प्रयोग गर्न सकिने कारण मानिसहरूको स्कुटर प्रयोेगमा आकर्षण बढेको हो । 

सुरक्षाका हिसाबले टु ह्विलरर्स साधन बढी जोखिमपूर्ण मानिन्छ, तर पनि युवा पुस्ताको आकर्षण किन ?
अटो मोबाइलमा सबैभन्दा बढी दुर्घटन निम्त्याउने नै टु ह्विलर्स साधनले हो । यसमा अरू सपोर्ट हुँदैन । तर, पनि आफूलाई ख्याल गरेर ट्राफिक नियमअनुसार चलाउँदा समस्या छैन । आकर्षण बढ्नुको मुख्य कारण सहज सरल र न्यूनतम बजेटमा लिनसक्नु मुख्य पाटो हो भने युवा पुस्ताले पनि यस्तै कुरा रोजेको पाइन्छ । अटो मोबाइलाई मात्र दोष दिनु उपयुक्त छैन । सरकारले मादकपदार्थ सेवन गरेर सवारी चलाउन रोक लगाएसँगै दुर्घटना कम हुँदै गएको छ । साथै बाइकहरूमा आएको नयाँ प्रविधि र सिस्टमहरूले केही हदसम्म भए पनि दुर्घट्ना कम गर्न सहयोग गरेको छ । यसरी समय प्रविधिसँग पनि अपडेट हुन सक्नुपर्दछ ।


तपाईंहरूको अर्को फरक प्रडक्ट टेम्पो तराई क्षेत्रमा निकै देखिन्छ, यसले रोजगारमा कसरी योगदान दिएको छ ?
हो, देशमा रोजगारको सिर्जना पनि हुने उद्देश्यले यस्तो सवारी साधनको हामीले बजारमा ल्याएका थियौँ । अहिलेसम्म करिब ८ हजार ट्याम्पो नेपालभरिमा बिक्री भएका छन् । विशेष मार्केटिङ तराई केन्द्रित छौं । वर्षदिनको अवधिमा बजार निकै राम्रो हुँदै गइरहेको छ । तीन पाङ्ग्रे कारका रूपमा बजार प्रवद्र्धन गर्दै आएका छौं । हामीले ‘विदेश छोडौं स्वदेश रोजौं’ भन्ने नारा अनुसार नै बढिरहेका छौं । जुन २ सय सीसीको ट्याम्पोको मूल्य नेपालभरि नै ५ लाख १९ हजारमा दिइरहेका छौं । जस्तोसुकै बाटोमा पनि ३ जना प्यासेन्जरसहित चलाउन सकिन्छ । विस्तारै पहाडी जिल्लाहरूमा विस्तार गर्दैछौँ । रोजगारसँगै विदेशमा दुःख गर्नु भन्दा स्वदेशमै त्यत्ति नै आर्थिक आम्दानी गर्न सकिन्छ भन्ने मानसिकता बढेको छ । यहाँ विदेश जान लागेकाहरू पनि यता तानिएका छन् एकदम सन्तुष्ट देखेका छौं । 

६ बर्ष अगाडि

प्रतिक्रिया