काठमाडौं, इमर्जिङ नेपाल लिमिटेडलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ ।
आइपीओ निष्कासनको तयारीमा रहेको इमर्जिङलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा इक्राले मध्यम जोखिम जनाउने रेटिङ दिएको हो । यसले प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।
बिक्री प्रबन्धकको रुपमा कम्पनीले एनआइसी एसिया क्यापिटललाई नियुक्त गरिसकेको छ । इमर्जिङले आइपीओ निष्कासन गर्न यसअघि धितोपत्र बोर्डसँग अनुमति मागेको थियो ।
बोर्डबाट अनुमति पाएपछि मात्र आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
प्रतिक्रिया