काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) कारोबारको शेयर बजारमा पुन चमक फर्किएको छ ।
आज कारोबारको अन्तिम समयसम्म आउँदा नेप्से परिसूचक ५५.७६ अंकले बढेर २८२७.१२ विन्दुमा पुगेको छ ।
सोही अवधीमा कारोबारमा आएका २१९ ओटा कम्पनीको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर १ लाख १४ हजार २१६ पटक कारोबार हुदाँ रु. ११ अर्ब ३५ करोड १८ लाख बराबरको शेयर कारोबार भएको छ ।
नेप्सेमा सोही अवधीसम्ममा आज १६२ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १५ शेयरमूल्य घटेको छ ।
५ कम्पनीको मूल्य स्थीर रहेको छ ।
कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन,अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेका छन ।
यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १ अर्ब ३७ करोड बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया