काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा अन्तिम समयसम्म आउँदा १४ कम्पनीको शेयरमुल्यमा उछाल आएको छ ।
बुधबार दुई कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ भने बाँकी १२ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
सानिमा माई हाइड्रोपावर र राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
त्यस्तै, मन्जुश्री फाइनान्स, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, लुम्बिनी विकास बैैक, जानकी फाइनान्स, आइसिएसि फाइनान्स ,श्री इन्भेष्टमेण्ट फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, युनियन हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट, रिलाईन्स फाइनान्स र गोर्खाज फाइनान्सको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
प्रतिक्रिया