काठमाडौं - डिस होमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । गत वर्ष असार २७ गते डिसहोमले २३ लाख ८५ हजार ९ सय २९ कित्ता सर्वसाधारणका लागि सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो ।
धितोपत्र बोर्डले अनुमति दिएसँगै डिमहोमले छिट्टै नै आइपीओ जारी गर्न लागेको हो । ११ लाख ग्राहक रहेको डिसहोमले ग्रामिणस्तरसम्म स्याटालाइटमार्फत् इन्टरनेट पुर्याउने तयारीसमेत अगाडि बढाइरहेको छ ।
२०१८ मा ३ अर्ब ९५ करोड, २०१९ मा ४ अर्ब २५ करोड र गत वर्ष ५ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले पछिल्ला तीन वर्षमा औसत ३० प्रतिशतका दरले आम्दानी वृद्धि गरेको छ ।
प्रतिक्रिया