लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस शेयर नेप्सेमा सूचीकृत

मंगलबार, २५ जेठ २०७८, १३ : २७

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको बोनस शेयर  .नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । 

कम्पनीको २० लाख १० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । 

कम्पनीले गत फागुन २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

मंगलबार, २५ जेठ २०७८, १३ : २७

प्रतिक्रिया