काठमाडौं - आजबाट सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नेप्सेमा कारोबार खुल्दै छ । कम्पनीको साधारण शेयर मंगलबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत भएको छ ।
कम्पनीको २५ लाख १८ हजार कित्ता साधारण शेयर सहित कुल ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि सिएचडिसी कारोबार संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो शेयर कारोबारका लागि न्यूनतम प्र्रतिशेयर १३८।७९ देखि अधिकतम ४१६।३७ रुपैयासम्मको ओपनिङ्ग कारोबार रेञ्ज प्रदान गरेको छ ।
नेप्सेले कम्पनीको पछिल्लो लेखापरिक्षण भएको प्रतिवेदन अनुसार कायम प्रतिशेयर नेटवर्थदेखि अधिकतम तीन गुणासम्म पहिलो कारोबारका लागि रेञ्ज तोक्ने गरेको छ । सोही अनुसार सिईडिबी हाइड्रोपावरको पनि कारोबार रेञ्ज तोकिएको हो ।
प्रतिक्रिया