तेस्रो घण्टा : नेप्सेमा ७.८७ अंकको गिरावट, कारोबार रकम १३ अर्ब नजिक

बुधबार, २६ जेठ २०७८, १४ : २३

काठमाडौं, कारोबारको चौथो दिन (बुधवार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ७.८७ अंकले घटेको छ । 

तीन घण्टाको अवधिमा कारोबारमा २१७ ओटा कम्पनीको रू. १२ अर्ब ७८ करोड २९ लाख ४२ हजार बराबरको शेयर कारोबार भएको छ ।

कारोबारको तेस्रो घण्टामा प्रभु इन्स्योरेन्स रिडी हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र बरुण हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, अन्य, लघुवित्त र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन,  जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८४ करोड २८ लाख बराबरको शेयर कारोबार भएको छ । 

बुधबार, २६ जेठ २०७८, १४ : २३

प्रतिक्रिया