काठमाडौं, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को हकप्रद शेयरमुल्य शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन गरेको छ ।
नेप्सेले १०० प्रतिशत हकप्रद शेयरको समायोजनपछि शेयरमूल्य रू. ३४३ तोकेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू। १६ अर्ब ५० करोड रहेको छ । शत प्रतिशत हकप्रद शेयर निष्कासन गरी बाँडफाँट गरे पश्चात उक्त पूँजी रू। २७ अर्ब ५० करोड पुग्नेछ ।
प्रतिक्रिया