दोस्रोे घण्टा : दोहोरो अंकले उकलो लागेको नेप्सेमा ४२ कम्पनीको शेयरमुल्यमा गिरावट, कारोबार रकम कति ?

आइतबार, ३० जेठ २०७८, १३ : १४

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार)  दोस्रोे घण्टामा नेप्से परिसुचक २३.०३ अंकले बढेको छ ।

दुई घण्टाको अवधीमा परिसुचक २३.०३ अंकले बढेर २९६७.८१ को बिन्दुमा पुगेको छ ।  ।

आज २१६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १२९ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ४२ शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २१६ कम्पनीका  १ करोड ७८ लाख ४४ हजार १६८ कित्ता शेयर  ९ अर्ब ४ करोड २६ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३३ करोड ४४ लाख बराबरको शेयर कारोबार भएको छ ।
 

आइतबार, ३० जेठ २०७८, १३ : १४

प्रतिक्रिया