महुली लघुवित्तको लिलामी शेयरमा आवेदन दिने सोमबार अन्तिम दिन

आइतबार, ३० जेठ २०७८, १३ : ३१

काठमाडौं, एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिन सोमबार अन्तिम दिन रहेको छ । 

बैंकले उक्त लघुवित्तको संस्थापक शेयर जेठ १३ गतेदेखि ५६ हजार २७० कित्ता शेयर लिलामीमा ल्याएको हो । 
उक्त शेयरमा आवेदकले न्यूनतम शेयर मूल्य प्रतिकित्ता रू. ८०० तोकिएको हुँदा सो सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

शेयर खरीदको लागि बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम ५०० कित्ताको लागि आवेदन गर्न पाउनेछन् भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ । 

बैंकले विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको जानकारी गराएको छ ।

आइतबार, ३० जेठ २०७८, १३ : ३१

प्रतिक्रिया