बिहीबार सीईडीबी हाइड्रोपावरको शेयरमूल्यमा ६.१४ प्रतिशतको गिरावट

विहीबार, ०३ असार २०७८, १२ : ४०

काठमाडौं, साताको अन्तिम कारोबार दिन (बिहीवार)सीईडीबी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६.१४ प्रतिशतले घटेको छ ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६८३ मा झरेको हो । 
   
यो दिन आईपीओमा परेको शेयर विक्री गर्ने धेरै हुँदा  कम्पनीको शेयरमूल्य घटेको हो । यो समाचार तयार पार्दाको समय १२ ः३५ बजेसमममा कम्पनीको शेयर रू. ७६९ मा खुला भई रू. ८०६ सम्म पुगेर घटेको हो ।

विहीबार, ०३ असार २०७८, १२ : ४०

प्रतिक्रिया