प्रभु सेलेक्ट फण्डको इकाई आजदेखि दोस्रो बजारमा कारोबार खुल्यो

मंगलबार, ०८ असार २०७८, ११ : ३०

काठमाडौं, प्रभु सेलेक्ट फण्डको इकाई मंगलबार(आज) देखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला भएको छ ।

प्रभु क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष अन्तर्गतको प्रभु सेलेक्ट फण्डको १२ करोड ५० लाख इकाई सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएसँगै मंगलबारदेखि कारोबारमा आएको हो ।

प्रभु क्यापिटलले सर्वसाधारण समक्ष प्रभु क्यापिटल लिमिटेड मार्फत १२ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो ।

नेप्सेले उक्त फण्डको कारोबारका लागि पीएसएफ कारोबार संकेत तोकेको छ ।

प्रभु क्यापिटल लिमिटेडले जेठ ५ गते देखि जेठ ९ गतेसम्म प्रभु सेलेक्ट फण्ड नामक १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रकम बराबरको सामुहिक लगानी कोषको इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

सात वर्ष अवधि रहेको रहेको यस बन्दमुखी योजनालाई इक्रा नेपालले एएमसी ३ रेटिङ प्रदान गरेको छ ।

मंगलबार, ०८ असार २०७८, ११ : ३०

प्रतिक्रिया