कारोबारको पहिलो घण्टा : दोहोरो अंकले बढ्यो नेप्से, नेपाल पुनर्बीमाको सार्वधिक हिस्सा

मंगलबार, ०८ असार २०७८, १२ : १५

काठमाडौं, आज साताको तेस्रो दिन  मंगलवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १८.५८ अंकले बढेर २८५२.५८ विन्दुमा पुगेको छ । २८४७.५३ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.६६ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा २०९ ओटा कम्पनीको ३४ हजार १४ पटकको कारोबारमा ५४ लाख २९ हजार ६६४ कित्ता शेयरको रू. ३ अर्ब १५ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८१ करोड ५० लाख बराबरको शेयर कारोबार भएको छ । 

मंगलबार, ०८ असार २०७८, १२ : १५

प्रतिक्रिया