काठमाडौं,युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर ९आइपीओ० बाँडफाँट भएको छ ।
कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि यि ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।
यूनियन लाइफ इन्स्योरेन्सको वेबसाइट https://unionlife.com.np/, बिकी प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । राति सम्ममा नतिजा प्रकाशित हुने बिक्रि प्रबन्धकले जनाएको छ ।
कुल २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट आवेदन परेका छ । त्यसमध्ये ६९ हजार ९७६ आवेदन दोहोरो आवेदन तथा विभिन्न करणले रद्ध भएका छन भने योग्य २१ लाख १२ हजार ७९९ आवेदन परेको छ ।
माग भन्दा बढी आवेदन परेकोले कम्पनीको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले वितरण गर्दा ५ लाख ८० हजार ५०० जनाले मात्रै शेयर पाएका छन् । त्यस अनुसार बाँकि १५ लाख ३२ हजार २९९ जना अर्थात करिब ७३ प्रतिशतले शेयर पाएनन् ।
कम्पनीले असार २४ गतेदेखि असार २८ गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणको लागि ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।
प्रतिक्रिया