करिब ८० अंकले बढेको नेप्सेमा १७० कम्पनीको शेयरमुल्यमा वृद्धि, कारोबार रकम कति ?

आइतबार, ०३ साउन २०७८, १४ : ०९

काठमाडौं,  कारोबारको पहिलो दिन (आइतबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक करिब ८० अंकले उकालो लागेको छ ।

आज परिसुचक सो अवधीसम्ममा ७९.६२ अंकले उकालो लागेर २९६३.०३ को बिन्दुमा पुगेको छ । 

तीन घण्टाको अवधिमा कारोबारमा आएका २२० ओटा कम्पनीको ८५  हजार १३३ पटकको कारोबारमा १ करोड ६७ लाख १ हजार ६४७ कित्ता शेयरको रू ८ अर्ब ५२ करोड ७२ लाख बराबरको कारोबार भएको छ ।

आज २२० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १७० कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ११ शेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।

आइतबार, ०३ साउन २०७८, १४ : ०९

प्रतिक्रिया