पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने

विहीबार, २६ साउन २०७९, १४ : १९

काठमाडौं - नेपाल आयल निगमले सहमति पालना गरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलनमा उत्रिने भएका छन् । 

निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलन उत्रिन बाध्य भएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा जारी विज्ञप्तिमा आउँदो भदौ १ गतेसम्म ढुवानी भाडा वृद्धि नगरिए भदौ २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम घोषणा गर्ने उल्लेख छ। 

यसअघि गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि कार्यान्वयन नभएको विज्ञप्तिमा जनाइएको छ । 

विहीबार, २६ साउन २०७९, १४ : १९

प्रतिक्रिया