बिहानी उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्.....

सोमबार, १३ भदौ २०७९, ०८ : ५०

काठमाडौं - पर्वतको जलजला गाउँपलिकास्थित फलामे डाँडाबाट देखिएको अन्नपूर्ण हिमालसँगै अन्य हिमशृङ्खला । 

सामुन्द्रीक सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा अवस्थित फलामे डाँडालगायत म्याग्दी, र उत्तरी पर्वतको पर्यटकीय स्थललाई समेटेर करबाकेली पदमार्ग समेत सञ्चालमा ल्याइएको छ ।  

यहाँबाट बिहानीको सूर्योदयसँगै धौलागिरि, अन्नपूर्ण, गुर्जा, नीलगिरि हिमाल र पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । मगर समुदायको बाहुल्यता रहेको यहाँको हावापानी चिसो भएको हुँदा गर्मी छल्नका लागि पनि पर्यटकहरु विभिन्न ठाउँबाट यहाँ आइपुग्ने गर्छन । 

पछिल्लो समय पर्यटकलाई दृष्टिगत गर्दै पाहुँना घरसमेत सञ्चालनमा आएको छ । तस्बिर : रासस

सोमबार, १३ भदौ २०७९, ०८ : ५०

प्रतिक्रिया