शेयरबजारमा सामान्य गिरावट / के कस्ता छन् त परिसुचक ?

१ बर्ष अगाडि

काठमाडौं-  उचारचढावकाबीच साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ ।

 नेप्से सूचक १० अंकले घटेर १९०८ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेसँगै दुईतिन दिन यता कारोबार रकम समेत घट्न पुगेको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज होटल तथा पर्यटन उपसूचक र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै उपसूचक राताम्य रहेका छन् । सर्वाधिक अन्य उपसूचकको १.११ प्रतिशतले घटेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया