ब्रिटिस कलेजमा इन्क्युबेशन सेन्टरको सुरुवात

५ महिना अगाडि

काठमाडौँ-  थापाथली स्थित द ब्रिटिस कलेज (टीबीसी) ले इन्क्युबेशन सेन्टरको सुरुवात गरेको छ । नवप्रवर्तन र उदयमान स्टार्टअपहरुलाई बढवा दिन र उद्यमीहरूलाई अझै सशक्त बनाउनका लागि ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले बिहीबार आधिकारिक रूपमा इन्क्युबेशन सेन्टरको सुरुवात गरेको हो ।

कलेज हातामा रहेको इन्क्युबेशन सेन्टरले सेवा तथा स्रोत÷साधनहरूको क्षेत्रमा काम गर्नेछ । जसले स्रोत तथा साधनहरूको उपलब्धतासँगै विशेष कार्यक्रमहरू, कार्यशाला गोष्ठी, बिजनेस नेटवर्किङको अवसरलगायतका सेवाहरु प्रदान गर्नेछ । सेन्टरले उद्यमीहरूलाई सहयोग गर्नको लागि सल्लाहकारहरू, विभिन्न पक्षहरूसँग समन्वय गर्ने अवसर, व्यापारिक समूहबिचको समन्वय वृद्धि तथा कार्यक्रम गर्नको लागि स्थान उपलब्ध गराउनेछ ।

इन्क्युबेशन सेन्टरको अनावरण कार्यक्रममा कलेजका डेप्यूटी प्रिन्सिपल डा।प्याट्रिक म्याकक्रुडनले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै, इन्क्युबेशन सेन्टरका लिडसुबोध रुपाखेतीले पनि आफ्ना भनाइहरू राखेका थिए । रुपाखेतीले आगामी वर्षको लागि सेन्टरको योजना तथा कार्यक्रमहरूसँगै यसको विस्तार योजनाको रूपरेखा पनि प्रस्तुत गरेका थिए । कलेजले वार्षिक रूपमा आयोजना गर्दै आएको ‘टीबीसी स्टार्टअप फेस्ट’पनि यसै सेन्टरअन्तर्गत पर्ने उनको भनाई छ ।

इन्क्युबेशन सेन्टरमा मुख्यतः विज्ञहरु हुनेछन्, जसमा सबैलाई समेटेर विकसित डिजिटल परिदृश्यमा स्टार्टअपहरुको सुरक्षा र प्रत्याभूतिको सुनिश्चितका लागि मिलेर काम गरिन्छ । यसबारेमा थप ब्याख्या गर्दै रुपाखेतीले भने, ‘हामी उद्यमीहरू, स्टार्टअपहरू र व्यवसायहरूलाई सदस्यता लिनको लागि, इन्क्युबेशन कार्यक्रमहरू, तथा इन्टर्नशिपको अवसरहरुको लागि आमन्त्रित गर्छौं साथै, अगाडि बढ्न र व्यवसायको विकास गर्न खोजिरहेका व्यवसायीहरूसँग सहकार्यको लागि पनि तयार छौँ । ’

कार्यक्रममा गुगलको प्रोडक्ट म्यानेजमेन्टको प्रमुख भएर काम गरिसकेका जोन पार्कतथाटीबीसीकापूर्व छात्र तथा फेल्ट एण्ड यार्न प्रा।लि।का संस्थापक सुनिता शेर्पाले आफ्ना भनाइहरू राखेकी थिइन् । 


कार्यक्रमको उद्घाटन गरेका कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले कार्यक्रमको समापन पनि गरेका थिए । समापन मन्तव्य राख्दै कँडेलले भने, ‘इन्क्युबेशन सेन्टरको सुरुवातले उद्यमशीलता र नवप्रवर्तनको क्षेत्रमा एक महत्त्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गरेको छ । यस कदमले आकाङ्क्षी उद्यमीहरूको विचारहरूलाई सफल व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्ने हामीलाई विश्वास छ।’

५ महिना अगाडि

प्रतिक्रिया