घरधनीले मञ्जुरीनामा नदिएकाले अधिकांश पसल दर्ताबिना सञ्चालनमा

५ बर्ष अगाडि



मेलम्ची– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा अधिकांश पसल दर्ताबिना सञ्चालन गरिएको पाइएको छ । मेलम्ची नगरपालिकाको नियमित अनुगमनको क्रममा ५५५ व्यवसायमध्ये ३० प्रतिशत नगरपालिकामा र ४० प्रतिशत स्थायी लेखा नम्बर (प्यान) मा मात्र दर्ता गरिएको पाइएको छ । अनुगमन समितिका संयोजक रामबहादुर लामाले पसल घरधनीले मञ्जुरीनामा नदिएकाले दर्ता गर्न समस्या भएको व्यवसायीले गुनासो बताउनुभयो र 

तालामाराङका व्यवसायी रामकृष्ण देउजाले सहुलियत केही नदिइ नगरले कर मात्र लिएको गुनासो गर्नुभयो । त्यस्तै अर्का व्यवसायी दीपबहादुर पण्डितले स्वरोजगार भई अगाडि बढ्न खोज्नेलाई नगरले सहुलियत केही नदिई कर मात्र लगाएर दुःख दिएको आरोप लगाउनुभयो । नगरपालिकाका नायब सुब्बा राजेन्द्र दुलालले १५ दिनभित्र दर्ता प्रक्रियामा आउन अनुगमनका क्रममा पत्र दिएको र प्रक्रियामा नआए रु ५००० जरिवाना गरिने बताउनुभयो । 
 
 

५ बर्ष अगाडि

प्रतिक्रिया